Thursday, November 23, 2006

सबै मिली खुसी बाँडौ

हिजो सम्म देश पीडा र बेदनामा छट्पटाई रहेको कुराले निद्रा पर्दैनथियो तर आज आएर यी सबै कुरा समाप्त भएको खुसीमा एकदमै रमाईरहेको छु । यहाँ भएका सम्पूर्ण नेपाली लगाएत नेपालको बारेमा चाख राख्ने सम्पूर्ण साथीहरुलाई्र गर्वका साथ नेपालमा शान्तिले बास पाएकी छिन् भनेर भन्दैमा मेरो दिन बित्यो । नेपाललाई बिश्वले जुन नजरले हेथ्र्यो अबदेखि उनीहरुले सकरात्मक रुपमा हेर्नै पर्ने भयो । नेपालमा भएको शान्ति सम्झौताको बारेमा थाहा नहुनेलाई यो कुरा भन्न पाउँदा मेरो नाक ठूलो हुनु त स्वभाविक नै हो तर थाहा पाएकाहरुलाई पनि दोहोर्याई तेह्याई यो कुरा गरियो भन्या ।
त्यसैगरि नेपालमा पनि धुमधाम दिपावली मनाईएछ । यो बर्षको दुई ऐतिहासिक सम्झौताहरु दशैँ र तिहार भएर एकपछि अर्को खुसीका रुपमा आए । पहिलो सम्झौतामा सारा नेपालीहरुले बिजय उत्सव मनाए भने यो पटक घरघरमा दिप प्रज्वलन गरि खुसी बाँडे । साँच्चै २०६३ सालमा सारा नेपालीहरुले दुईपटक दशैँ तिहार मनाए । यो खुशीयाली हामी नेपालीहरुका माझ सदासदाका लागि रहिरहोस् ।

2 comments:

परिवर्तन said...

Sahayatri Jee,
Thanks for nice posting. You are right we have celebrated Dashain and Tihar twice this year. Hope no body else would ever pick-up guns again.

SBS

Ajaya said...

let's share our happiness