नयाँ सरकारका लागि केही सोचनीय कुराहरु
अँ साँची अब त देशले सहमति सहित काँचुली फेर्ने सपना देखेर बसिरहेको छ । तर यो सपना त्यसै तुहिने हो कि भन्ने पो सबैले शंका मानिरहेका छन् तर यो शंकालाई सत्यतामा परिणत गर्न दुनियाँका सामु गरेका बाचालाई पुरा गर्न देशमा केही सकारातमक सोचमा काम गरे धेरै फाईदा हुने देखिन्छ ।
१) यी बिभिन्न उतार चढावका बाबजुद देशमा भएको यत्रो सम्झौता कुनै व्यक्ति विशेषको नीजि स्वार्थ र फाईदाको लागि भएको होईन । यो कैयौँ नेपालीहरुले आफ्नो रगत र पसिना त्याग गरेर देशमा भएको कुराजनीति प्रथालाई हटाउन दिलोज्यान दिएर लागेको उपलब्धि हो भन्ने बुझ्नु जरुरी छ ।
२) मुलुकमा जे जे नाम दिएर राजनीति गरे पनि अनाहकमा हजारौँ मानिसहरुले गुमाउनु परेको आत्माको चिर शान्तिको लागि सायद अब केही सोच्नुपर्नेछ ।
३) देशमा भएका जनसेना र नेपालीसेनालाई व्यारेकमा राखी देशको महँगीलाई उच्च पार्दै जनतासँग विभिन्न नाममा कर उठाएर पाल्नुभन्दा उनीहरुलाई केही सिपमुलक कामको खोजी गरि दैनिक रुपमा रोजगारीको व्यवस्थाको उपाय खोजेमा राम्रो हुन्छ कि ।
४) हामी सबैलाई स्पष्ट थाहा छ नेपालका पार्क र चौतारीमा दिनभर सुतेर देशका युवाहरु दैनिकी गुजार्छन् उदाहरणको लागि काठमाण्डौको रत्नपार्क हेरे पुग्छ । उनीहरुको रोजगारीका लागि अब नेपालको नयाँ संबिधान सहित बन्ने सरकारले केही सोचे राम्रो होला ।
५) काठमाण्डौमा आउने मेलम्चीको पानी अब ग्यालीनमा हालेर भन्दा अरु उपायले आउला जस्तो छैन तर देशमा देशका युवाहरुलाई देशको बिकासमा अग्रसर गराई काम उनीहरुलाई देश बिकासको भावनामा जागरुक गराउन सके र उनीहरुलाई पनि त्यस्तै कुनै योजनामा लगाई कुरा भन्दा काम र सुताई भन्दा लगनशीलतामा बढी जोड दिए उचित हुन्छ कि जस्तो देखिन्छ । सायद उनीहरुले मेलम्चीको काम देखि देशमा हुने बिभिन्न विकासमुलक कामममा भाग लिए देखि देशमा बेरोजगारी घट्नुका साथै बिकासको गति पनि अलि बढ्ला कि ।
६) देशमा भएका दक्ष जनशक्ति नेपाल मै केही गर्न सक्ने क्षमता भए पनि बिदेशीन वाध्य छन् । त्यो भन्दा अर्को कुरा देशमा हुने आम्दानी भन्दा कममा बिदेशमा जीउ ज्यान समेत जोखिममा राखेर बिदेशमा काम गरिरहेकाछन् उनीहरुको आवश्यक्ता नेपालमा टड्कारो रुपमा देखिएको छ । उनीहरुलाई आफ्नै देशमा रोजगारी दिई उचित पारिश्रमीकको व्यवस्था पनि हुनु जरुरी छ ।
७) नेपाल जत्रो सानो मुलुकको विकासका लागि बैदेशिक सहयोगका नाममा करौँडौ ऋण भित्रिएको छ तर देशको बिकासमा भन्दा नेताको भुँडीको बिकासको लागि यो पैसाले उचित व्यवस्था पाएको छ । देशको लागि केही गर्छु भन्नेहरुले आफ्ना नातेदारहरुलाई भन्दा अरुलाई यसबाट बन्चित गरेका छन् । यदि अझै यस्तो भयो भने झनै कस्तो होला देशको स्थिती यो सोचनीय कुरा हुन सक्छ ।
८) नेपालका ५ बिकासक्षेत्र मध्ये एउटा बिकासक्षेत्रमा सम्पूर्ण जनशक्ति पैसा र उचित समय २ वर्ष मात्र खर्च गरे १० वर्षमा पक्कै पनि देशले नयाँ काँचुली फेर्न सक्छ ।
९) यहाँ हालसाल मात्र एउटा नयाँ दुःखदायी खबर सुन्नमा आएको छ त्यो के भने माओवादीका अध्यक्ष देखि देशका प्रधानमन्त्री सम्मले बिभिन्न नाउँ दिएर अनाधिकृत रुपमा सरकारी गाडीको प्रयोग गर्दै आईरहेका छन् भन्ने । यो कुरा सुन्नमा जति सहज भए पनि एकदमै मार्मिक लागेको छ मलाई । नेपालमा कैयौँ जनताहरु अहिलेसम्म मोटर गाडीको अनुहार समेत देख्न पाएको छैनन् तर नेता भनाउँदा महोदयहरु भने घरका व्यक्ति बिशेषलाई सरकारी सम्पति दुरुपयोग गर्न प्रोत्साहन गर्छन ।
१०) अन्य देशहरुमा देशको बिकास भएमा मात्र सम्पूर्ण जनताको जीवनस्तर माथि पुग्न सक्छ भन्ने सोचेर आफ्नो सारा सर्वस्व देशको लागि खर्च गर्छन तर नेपालमा भने यो नातावाद र कृपावादले प्रसय पाई अरु बिभिन्नवादको जन्म भए पनि केही उदाहरणीय काम गरेको पाईएन । अब नेताहरुले बोलेका बोली अनुरुप अलिकति सोच्ने हो कि ।
११) जलश्रोतको धनी देश नेपाल जहाँ उत्पादन भएको बिद्युत २ रुपैयाँ युनिट भारतलाई बेच्ने छ फेरी उही भारतबाट सोही मूल्य भन्दा बढीमा विद्युत खरिद गर्नु कुन खालको परिपाटी हो यसो गर्दा देशको आर्थिक स्तर यसले कहाँ पुर्याउने हो चिन्ताको विषय छ ।
नेपालमा भएका यस्ता यावत समस्याहरुलाई यहाँ वर्णन गरेर साकिने खालका छैनन् किनकी देशको जुनसुकै विषयमा पनि गहिरीएर सोच्ने हो भने चारैतिर समस्याले व्याप्त छन् । जस्तो नेपालमा भएका वृद्धवृद्धा महिला बालबालिका अपागं आदि कुनै वर्गको समस्या पनि उत्तिकै चासोको विषय छ । कृषि प्रधान देशमा हेर्ने हो भने किसानहरु सबैभन्दा बढी मर्कामा परेका देखिन्छन् । जहाँ उनीहरुले उत्पादन गरेका वस्तुहरुको भाउ भने नगन्य छ तर उनीहरुले प्रयोग गर्ने विउ बिजन मलखाद लगायतका बस्तुहरु भने सगरमाथा भन्दा पनि उच्च छ । यी सबै कुराहरुको विस्तृत अध्ययन गरेर सबैलाई सुलभ र सजिलो तरिकाले फाईदा हुने प्रेरणादायी काममा चालु गरे देशले बिकासको गति लिन केही समय पनि लाग्दैन भन्ने कुरामा दुईमत छैन ।
3 comments:
Sahayatri Suraj Ji,
Your views are really worthy. Our leaders should pay attention to these issues.
ramro buda haru rahechhan suraj ji
sahayatri jee i like it .it is really nice .pargati gardi janus
hajurlai mero shubhakamana
syangjali
Post a Comment