Tuesday, November 21, 2006

सबै नेपालीहरुलाई बधाई

ल है साथीहरु हो हामी सबै नेपालीहरुलाई बधाई छ अनि ढिलै भए पनि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने नेताहरुलाई धन्यवाद छ । बिगत १२ बर्षदेखि चल्दै आएको सशस्त्र द्धन्द र प्रजातन्त्रलाई सिरानी हालेर आफ्नो भँुडी भर्ने नेताहरुले अब देशमा सदाका लागि अमन चैन कायम गराउने बिषयमा सहमति भएको छ । लामो समयसम्म बिभिन्न बहानाबाजी गरि थान थाप्दै आए पनि नेपालको इतिहासमा यहि २०६३ सालमा मात्र दुईवटा ऎतिहासिक सम्झौता भएको छ । अब भने सबै राजनीतिक पार्टीहरु मुलधारमा आएर देशलाई भलो हुने काम गर्ने कुरा कतिसम्म साँचो हुने हो हामी सबैको चासोको बिषय बनेको छ । हेर्दै जाउँ भोलिका दिनमा हामी बिभिन्न समस्याले पिडीत नेपालीहरु खुल्ला आकाशमुनी भएपनि शान्तिसँग खान र निर्धक्क भएर हिँड्न पाए यही नै हो ठूलो कुरा । Congratulation once more.........

2 comments:

परिवर्तन said...

Sahayatri Jyu,
Hazur lai pani badhaai. Aaja Aramle sutnu hola. Bholi dekhi akaal ma kohi mareko khabar sunna naparos!

SBS

Ajaya said...

I am also very happy in this moment and I would like to dedidcate my this moment to those 13000+ deads most of whom lost thier lives for nothing.