Tuesday, November 28, 2006

बाँदरको हातमा नरीवल नेपालको सरकारलाई ट्रलीबस

देशको एकमात्र प्रदुषण मुक्त सावरी साधनका रुपमा चल्दै आएको ट्रलीबस सेवाको कथा सुन्दा सार्हो टिठ लाग्यो भनेको । पहिला पहिला भक्तपुरको सूर्यविनायकदेखि काठमाण्डौको त्रिपुरेश्वरसम्म सम्म चल्दै आएको बससेवालाई कटौती गरेर कोटेश्वरदेखि त्रिपुरेश्वरसम्म बनाईएको त्यही पनि बन्द हुने अवस्था भन्दा देशका साधन र श्रोतको सदुपयोग कसरी भईरहेको छ भन्ने कुरा त लाटाले पनि आँखा चिम्लेर भन्न सक्छ । अरुका देशमा दिन दिन बिकासक्रम बढ्दो छ हाम्रो देशमा भने घट्दो छ । नघटोस् पनि कसरी बिदेशबाट आएको सहयोग जति नेता र मन्त्रीहरुलाई आफ्ना छोराछोरी बिदेश पठाउँदैमा ठिक छ । त्यसबाट अलि अलि बचेखुचेको पनि उनीहरुकै भुँडीमा ठिक अनि कहाँबाट हुनु नि फेरी । विश्वको हरेक ठाउँबाट सहयोगको नाउँमा करौडौँ भित्रिन्छ तर नेपालमा भने त्यो सहयोग जसका नाममा आएको हो उसका सामू पुग्नु त के नाम पनि थाहा भएको हुँदैन । चीन सरकारले लाउन् नेपालीले पनि राम्रा राम्रा छालाका जुत्ता भनेर बाँसबारी छालाजुत्ता कारखाना खोल्न सहयोग गरिदियो तर अहिले यसको नाम पनि थाहा छैन कसैलाई । ती अत्याधुनिक मेशिनहरु मासेर कसले के बनायो यसको बारेमा उनै अन्र्तयामी जानून् । यस्तै यस्तै बिभिन्न नाममा आएका सहयोगको सुची तयार पार्दा त यहाँ कहानी धेरै लामो हुन्छ । तर मलाई यो ट्रलीबसको कथा भने सार्है सकसक लागेर आयो ।
होइन अरुले सहयोग गर्यो भन्दैमा नसक्ने कुरामा किन आँखा गाड्नु अनि पाईसकेको उपहारलाई फेरी किन जतन गरी चलाउन नसकेको होला त्यो ट्रलीबस बिजुलीबाट चल्छ भन्ने त थाहा थियो होलानी दैनिक ९ घण्टा लोड सेडिगं हुने देशमा के को ईन्धनबाट यस्ता साधन कलकारखानाहरु चलाउन खोजेका होलान् । एक वर्ष त यस्तो समस्या पर्छ तर बषौँ वर्ष यस्ता समस्याहरु परिरहँदा पनि त्यसको समाधान खोज्नुको सट्टा लोड सेडिगं गरेर समाधान गर्छन । अरुका देशमा एकछिन बत्ती निभ्यो भने अबौँको नोक्सान हुन्छ तर हाम्रो देशमा त तात्तो न छारो । विश्वमा कस्ता कस्ता चिज बनिसके घण्टामा पाँच सय किमी गुड्ने रेल देखि चन्द्रमा सम्म पुगिसके तर यो ट्रलीबसको हिड्नेचाला कछुवा भन्दा पनि कम छ भनेको । कोटेश्वरबाट त्रिपुरेश्वर पुग्न कम्तीमा १ घण्टा लाग्छ यो व्यस्त युगका कसको समय हुनु र त्यसमा बसीरहन । बरु अलि उचित भाडादर कायम गराएर अलि छिटो छरितो सेवा दिनु अनि व्यवस्थापनमा ध्यान दिए त केही प्रगति हुन्थ्यो होलानी । तैपनि नाम मात्रको ट्रलीबस चलाएर बाटोमा ट्राफिक समस्या बढाएको देख्दा झोकै चलेर आउँछ भनेको । के गर्नु माल पाएर चाल नपाउन कुजातहरु देशको उच्च ओहदामा बसेपछि । यो ट्रलीबसको कहानी यहाँहरुलाई अझ बढी थाहा भए जानकारी पाउँ न है । यो साँच्चै बाँदरको हातमा नरीवल भने जस्तो भएको छ भनेको ।

6 comments:

Raj Shrestha said...

tik bhannu bhayo suraj ji

Ajaya said...

That's true but Chinese people didn't give us the technology they just gave us the bus.

मार्कोनी अधिकारी said...

Right Ajaya G,Tara Trolly Bus ko case ma chai Technology bhanda pani MEntality ko kura mukhya ho.
Lazimpat bata KU jada dekhne trolly bus ko tar ko dirshya samjida ajai dikka lagcha. Sab taar chori bhai sakeka chan. Trolly ko Latha ma taar ko sana sana tukra haru matrai jhundeea ka hunthea teti khare. Aba ta teo pani hola jasto lagdaina malai ta.

Raj Shrestha said...

suraj ji nepal katinjel basnu huncha hope to get u in nepal ...

Ajaya said...

Suraj Ji, When are you coming back ? How's your life going on in Nepal. Hope to see your story about Nepal visit in the blog soon.

Unknown said...

yaha bhayeka rajnitik bishlesan ati nai fitala chan
afu lai gyan bhayeko bisayama matra lekhau haina bhane ruchi bhaeko bisayama gyan badhauna tira lagau
afno ra aruko samayako sadupayog sayad yasari nai huncha hola.

thaha napai bolnale nai des ubho nalagnu ko mul karan ho bhne arko thaha bhayeko bisayamai nabolne bani le jhan thulo hani bhaeko ho. sathi haru pani afno gyan k ma cha pahila patta lagau hai . arko patak yasto comment ko satta tarif garna paune asama aja lai bida