हेरौँ मंसिर ४ गतेलाई
माओवादीको यो गोप्य राजनीनि कसैले पनि बुझ्न नसक्ने खालको रहेछ भन्ने कुरा मैले पनि बुझेँ आज मात्र । काठमाण्डौको बालुवाटारमा पो सहमति भएको त बुटवल स्यागंजा, पाल्पादेखि दार्चुला जस्ता बिकट गाउँमा त सम्झौता गरेको होईन नि त्यहाँ त उनीहरुकै राज्य त हो । उनीहरुले जे जे गरे पनि छुट रहेछ त्यस भेगतिर । काठमाण्डौ उपत्यकाको खाल्डो भित्र त घर घरमा उनका छापामारलाई भात खुवाउनु पर्ने उर्दी जारी गर्ने यीनिहरु अरु ईलाकामा त यीनिहरुले रामराज्य गर्ने नै भईहाले नि । माआवादीका जीम्मेवार व्यक्तिलाई नै थाहा छैन पार्टी भित्र कसले के बोलिरहेको छ भन्ने कुरा । दिनानाथ शर्मा भन्ने कमरेड भन्नुहुन्छ बालबालिका भर्ना गरिएको छैन यो त खाली छुट्टीमा घर गएकालाई बोलाईएको हो भनेर फेरी अर्का कमरेड कुशल भन्नुहुन्छ जनसेना नपुगेर भर्ना गरेका हौँ । यस्तै दोभाषे कुराले गोलीको ग र राजनीतिको र पनि थाहा नभएकाहरुलाई किन यसरी जबरजस्ती उनीहरुको शिक्षा दिईदैछ भन्ने कुरा बुझ्न गार्हो भईरहेको छ । नेपाल सरकारको हरेक कि्रयाकलापलाई बुर्जुवा प्रणाली मान्दै आएका माओवादी अध्यक्ष प्रचन्डजीको यो कस्तो खालको जुवा हो त्यो भने उनले कहिले हामी समक्ष बुझाउन सकेनन् ।
एउटा पक्षको मात्र कुरा सुन्ने हो भने उ जहिले पनि माथि हुन्छ । चोरले म चोर भन्दैन भन्ने नेपाली उखान पनि त्यसै यति सान्ददर्भिक भएको होईन । प्रचन्ड आफूलाई घुमाएर जसरी पनि कुराले माथि पार्न त खप्पीस नै छन् । जे भने पनि टाउको हल्लाउने बानी नै रहेछ कमरेड महोदयको । यहि कारणले पनि अहिले उनको क्रेज धेरै बढेको छ संसारभर । भारतदेखि अमेरिकासम्म उनकै फोटो छापिन्छ अनि त हुने नै भए नि हिरो । झनै आफ्ना बोलीलाई व्यवहारमा ल्याएदेखि त उनलाई मानिसले कुन दर्जा देलान् ।
गल्तीलाई त गल्ती स्वीकार्दैनन् माओवादी कमरेडहरु । भटाभट् संचार माध्यममा सैनिक पोशाक सिलाईरहेको बालबालिकालाई तालिम दिईरहेको तस्वीर प्रमाणित हुँदा त हामीले त्यस्तो गरेका छैनौँ भनेर हाकाहाक्की भन्छन् । अरुलाई ढाँटे पनि आफूलाई त ढाँट्नु नपर्ने हो । कि उनीहरुले लागू गर्ने शिक्षामा यस्तै लेखिएको छ त्यो भने मलाई थाहा भएन । बिश्व समुदाय माझ आफूले बोलेका कुरा व्यवहारमा उर्तान नसकेर उल्टो दुनियाँ तसा्रउने धम्क्याउने काम यथावत् छ । उनीहरुको रणनीति के हो हामी कसैले बुझ्न सकेनाँै । अब हेरौँ मंसिर ४ गते हुने भनिएको गृहकार्य पछि कसरी काम हुँदो रहेछ ।
No comments:
Post a Comment