नेपालको इतिहासमा दश वर्ष
धेरै समय पहिलादेखिको इतिहास पढ्न र लेख्न त मेरो खोपडीले भ्याएन तर मलाई सरसर्ती केही यस्ता समयहरुको भने जानकारी छ जुन समयममा नेपालमा सानाठूला परिवर्तनहरु अवश्य भएका थिए । दिन महिनाको कुरा नगरौँ तर साल भने २००७ साल २०१७ साल २०२७ साल २०३६ साल २०४६ सालमा नेपालको राजनीतिमा धेरै भुकम्पहरु गएका कुरा त मलाई भन्दा पनि बढी तपाईहरु सबैलाई थाहा भएकै कुरा हो । त्यस पछिको एक दशक पछि अर्थात २०५८ सालमा भने नेपालको इतिहासमा कहिले पनि नमेटिने एउटा नरसंहार भयो जहाँ एक रातमा राजदरबार जस्तो चारैतिर सुरक्षाकर्मीहरुले घेरिएको ठाँउमा एउटा बंश नै सखाप हुने गरि कालो रातको घटना घट्यो । यस घटनाको मुख्य भिलेन को हो भन्ने कुरा त हामी सबैले चिने जाने र देख्दै आएका पनि छौँ तर गोलीको अगाडि बोलीको महत्व अलि कम हुनाले हामीले ओकल्न चाहेका आफ्ना कुण्ठाहरु पनि आफूभित्रै दबाउन बाध्य भएका छौ । त्यसपछिको कुकृत्यले भने नेपाली जनतालाई अर्को परिवर्तन ल्याउन एक दशक सम्म पर्खनु परेन । आधा दशक नबित्दै देशले नयाँ परिवर्तन पाएको छ त्यो हो हालसालै आएको लोकतन्त्र अर्थात लोकले चाहेको शासन प्रणाली र युद्धरत पक्ष र सरकारीपक्षको सहमति । अब भने हामी सबैले सजग र सचेत भएर काम गर्नुपर्ने बेला आएको छ । समय र छालले कहिले पनि पर्खदैन भन्ने कुरा पनि ध्रुवसत्यनै हो । यदि यो समयको दुरुपयोग भयो र यसमा पनि जनताले नचाहिने समस्या र सास्तीहरु पाईराखे भने नेपालमा राजनीति गर्नेहरुले कहिले पनि माफी पाउने छैनन् । आफ्ना सम्पूर्ण बितेका पीडा र घाउहरुलाई विसर्िएर अब आउने नयाँ दिन र सुनौलो भविष्यको कल्पनाको प्रतिक्षामा छन त्यसैले अब आउने दिनहरुमा बिरह र बेदनाका सन्देशहरु लेख्ने दिन नआई मेलमिलाप र भाईचाराका कुराहरु गरेर सभ्य समाजको निर्माणमा लागेदेखि कति रमाईलो हुने थियो होला ।
1 comment:
"गोलीको अगाडि बोलीको महत्व अलि कम हुनाले हामीले ओकल्न चाहेका आफ्ना कुण्ठाहरु पनि आफूभित्रै दबाउन बाध्य भएका छौ " I like this sentence very much. It's weighty.
Post a Comment