नेपाल नै भनेर चिनाऔँ
नेपालमा लोकतन्त्र आयो सबै नेपालीहरुलाई दशैं आएको भन्दा पनि बढी खुशी लाग्यो । सबैका मन हलुका भए आँखामा आशाको किरण छायो । त्यसैगरि अर्को खुशी तिहार बनेर आयो माओवादी र सरकारबिचको सहमती । सबैले हर्षोल्लास मनाए । घर घरमा खुशीयाली बाँडे आफ्ना मन खोलेर कुरा गरे । साँच्चै कति रमाईलो क्षण हगि । परदेश गएको छोरो वषौँ पछि घर फर्केर आए जस्तो पुस माघको जाडोमा घामको किरण ले स्पर्श गरेजस्तो उजाड वनमा वसन्त आएजस्तो यस्तै यस्तै खुशीयालीहरु मनाईरहेका छन् सारा नेपाली जनताहरु । एउटा कागजमा लेखिएको सहमती देखेर त यस्तो रमाउने नेपालीहरु साँच्चै मुखले बोलेका जति कामहरु यीनिहरुले व्यवहारमा देखाउने हो भने त धन्य धन्य भन्दै पुकार गरिरहने थिए होलान् ।
सहमति त भयो मनको लड्डु त घिउसँग खाए सबैले । १२ बर्षसम्म माओवादी ले बिभिन्न कारवाहीका नाममा निर्दोष जनतालाई दिएका सास्तीहरु त्यसैगरि सरकारी पक्षले पनि बिभिन्न नाम दिएर गाउँमा हलो कोदालो गरेर जीविकोपार्जन गरिरहेका गरीब किसान निमुखा शिक्षक बिद्यार्थी आदिले पाएका चोटहरुको अन्त्य भयो कि भन्ने कुरामा हामी आशा बाहेक केही गर्न सक्दैनौँ । हुनत कागजी सहमतीले मात्र देश र समाजको विकास हुन सक्दैन भन्ने कुरा पनि सबैलाई थाहा छ । राजनीति दलहरुको देशलाई १० बर्षमा जापान बनाउने र माओवादी अध्यक्ष प्रचण्डको १० देखि २० वर्ष भित्रमा स्वीर्जल्याण्ड बनाउने सपना पनि कम ठूलो होईन तर म भन्छु आफ्नो देशलाई अरुको देशसँग तुलना नगरिदिनस् खाली यो देश नेपाल हो नेपाल नै भनेर संसारभर चिनिने गरि काम गरेर देखाएमा नै हामी सारा नेपालीहरुको शिर उच्च हुनेछ ।
No comments:
Post a Comment