जय लोकतन्त्र
भरखर मात्र समाचार प्राप्त भयो लामो समय सम्म प्रतिक्षारत वार्ता आज निर्णायक भयो भन्ने । हुनत दुई भिन्दा भिन्दै सोचाई भएकाहरुलाई एकै धारमा ल्याउनु साजिलो कुरा थिएन तर हाम्रा नेता महोदयहरुको एउटै विषयमा अल्झिरहने र एउटा भए पनि सिट मलाई बढी चाहिन्छ त्यसले टाउको खाए मैले पनि टाउकै निल्न पाउनुपर्छ भन्ने खिचातानीका बावजुद पनि यो ऐतिहासिक सम्झौता भएको छ यसले कतिसम्म मुर्तरुप दिई चर्किरहेका नेपाली जनताहरुका दर्दनाक छातीहरुमा कति हदसम्म मलम लगाउन सक्ने हो त्यो भने हेर्न बाँकी नै छ । हुनत नेपालमा जे जति सम्झौता र कानूनहरु छन् ती आजसम्म खाली कोरा कागजमा मात्र सीमित भएको पाईएको छ । तर अब भने माओवादीको यो १२ वर्षसम्मको युद्ध अनि राजनीति दलहरुले गरेका गल्तीहरुको आत्म आलोचना गरि सुन्दर नेपालको सृजना गरेर ठिक छ ठिक छ भन्दै मुन्टो हल्लाएर लाखौँ जनता भोकभोकै मरिरहेको हेर्न सक्नेलाई पनि यसको नतिजा देखाईदिए साँच्चै नै एउटा राम्रो इतिहास बन्ने थियो । हेर्दै जाउष समयलाई पर्खौ कसरी यो देशको नयाँ इतिहासको कालखण्ड अगाडी बढ्दै जानेछ । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय लोकतन्त्र ।
4 comments:
Like you, I also want to see how things will change in coming days. It's a nice opportunity to show the maturity by our leaders. If they show maturity and work for real peace, their name will be added in the list of 33-koti deuta(330 million gods)
Girijee,
Let us hope the leaders would not fail us this time.
Jaya loktantra suraj ji sath chau hami pani
Girijee,
Jaya Lokatantra.
Post a Comment