एकदम रिस उठ्छ यार बिद्यानाश्
ब्लग मित्र अजय ढकालजी ले उहाँहो ब्लग Ajaya Dhakal : Simple & Clear !!! मा राख्नुभएको थियो (ईराकी सद्दामलाई फाँसी तर नेपाली सद्दामलाई के )भनेर हुनत त्यत्रो समय इराक र अमेरिकाको युद्ध चल्दा पनि उनी आफ्नो भेष बदलेर हिँड्ने भएकोले कसैले पनि सद्दाम यही हुन भनेर चिन्न गार्हो पथ्र्यो रे । तर पाप धुरीबाट कराउँछ भने जस्तै उनलाई आफ्नै श्रीमतीले समाउन सहयोग गरेर उनी पक्राउ परेका रे । त्यो स्वास्नी भनाउँदी पनि कस्ती नकचरी नि आफ्नो पोईलाई नै पक्राउ खुवाउने । तबैतारे, खराब काम गर्ने आफ्नो न अर्को साजायँ त सबैलाई बराबर हुनु पर्यो नि भनेर देखाउन भएपनि उनले उदाहरणीय काम गरेकी होलिन । तर हाम्रा नेपालका सद्दामलाई बोल्ने आँट त कसको हुनु र । उच्च ओहदामा उनकै भाई छोरा ज्वाँई साला जेठान केही नभए फरियाको नातो लगाएर भए पनि आफ्नैलाई राख्ने चलन छ । त्यसमा हाम्रा माईला दाईको कुरा गरेर के साध्य कहिले नेपाल नदेखे झै गरि नेपालको चार चौरास ठिक छ ठिक छ भन्दै आफ्नो अर्थहीन देश डुबाउने नेपाल यात्र बिताईहाले । सरकार मेरो परिवारलाई यस्तो आपत पर्यो खान लाउन पाईन भनेर सारका सारा जनताहरु उनका सामु पर्दा म अघाएको छँदैछु चाहे खाउ चाहे नखाउ भनेर ढ्याउ गर्दै हिँडिरहे । मेरो छोरो मर्यो ज्वाँईलाई मारे छोरी अपहरणमा परि भन्दा हाँस्दै माईलादाई ले भनेथे यस्तो सिम्पल कुरा पनि मसँग गर्ने हो । आफ्नै छोरालाई त तह लागाउन नसकेर डिस्को र भट्टीमा छुरा हान्दै हिँड्छ भने मैले सबैलाई कहाँ सम्हाल्न सक्नु । फेरी नेपालमा साराका सारा गाउँ बगाउने गरि बाढी आयो सबै परिवारको बिल्लीबाठ भयो सबैलाई जंगलका पाल टाँगेर थुपारियो तर उनीहरुको वास्ता कसले गर्ने ठेउके माइलो देश िसंगै शासन गर्दा त नपुगेर ४० हजार रोपनी भन्दा बढी डुकु जग्गा आफै कुम्ल्याउन आफ्नो नाममै दर्ता गराउन सक्ने कहाँसम्मका मस्सुर होलान् । घरको मुली बाटो हगुवा भने जस्तो गरी काम गर्नेहरुका सामु अरुले त भुत्रो पाउनु घर जग्गा ।
फेरी यो गरीब देशमा नै महँगा रोगहरुले आँखा गाडेको देख्दा पो सार्है रन्का छुटेर आउँछ भन्या । यही देशका मानिसलाई लाग्नुपर्ने एड्स यही देशमा आउनु पर्ने बाढी वास्तवमै भन्नु पर्ने हो भने केही समय अघि गएको बाढी ती बेसाहारा दुःखीहरुका लागि सुनामी भन्दा के कमी भयो र । यसो आँखामा छारो हाले जस्तो गरेर देश खोक्रो पार्ने डुगुरे मुसाहरु काठमाण्डौ छिरिहाले । उता पिडीतलाई केही न केही यो तन्त्र न उ तन्त्र जसले जे नाम दिए पनि मनपरीतन्त्र कहिले सकिएको होईन । बालुवाटामा बार्ता नामको कहिले पनि नटुिगंने जाल बुन्न लागिपरिरहेका हरु यस्तै कबिता पढिरेका छन् ।
म बालुवाटारमा भाषण गरिरहुँला
तिमी अर्कोटारमा शासन गरिरहनु
म सबैका दाँत हल्लिने खानेकुरा मुखमा हालिदिन्छु
तिमी सनासो लिएर बस्नु
अनि आफ्नो अक्लिक अलि लडाउनु
किनकी अब यीनिहरु जम्मैका
सबका सब दाँतहरु झिक्नु छ
प्रजातन्त्र छँदा बार्ह बर्ष त्यसै बित्यो
सबै मिली खाईयो अघाईयो सबलाई रुवाईयो
अब देश खोक्रो भईसक्यो बाँकी केही छैन
जनताका सामु अब यस्तो गर्दैनौँ भनेर
माफी माग्नु सिवाय अर्को उपाय देखिँदैन
तर तिमी अझै नडराउ
भरखर देशमा लोकतन्त्र भन्ने अर्को
सुत्र फेला परेको छ
यसलाई पनि जोड घटाउ गुणा भाग गर्न सकिन्छ
यसमा पनि केही न केही हुन्छ
अँ तिमी पनि कहिलेकाँही ठिक कुरा गर्छाै यार
केही मान्छे त मरेका हुन यो सुत्र पत्ता लगाउन
यीनलाई हामीले बिसे्रका छैनोँ बरु सम्झना आउन
छाडेको हो यीनीहरुको
गर्नु त छँदैछ केही तर पहिले आफु सोचौँ
जेहोस् बुन्दै जाउँ पासो
कतिलाई बान्नु पर्ने कतिलाई हान्नु पर्ने
म प्रतिपादन गरौँला त्यसको काईदा
…………………॥
……………………।
यो भन्दा बढी के भन्ने खै । मेरो यो गिदी भरिएको दिमागले यो भन्दा बढी उनीहरुले के के पढे सम्झनै सकेन । अरु सद्दामहरुको नाम लेखेर र त के पत्ता उनीहरुले उनीहरुका कुनै काम राम्रा माननीय भए पो राम्र नराम्रा भनेर सुची बनाउनु । मलाई यीनीहरुको नाम सुन्दा पनि एकदम रिस उठ्छ यार बिद्यानाश् । जेहोस् नेपाली जनता सबैले चिनेका यी सद्दामहरुलाई पार लगाउन पाए अवश्य पनि ती मृत आत्माहरुले शान्ति पाउनेछन् ।
2 comments:
Well analyzed. You write in a blanaced manner. Keep it up.
ho tani yar kina ho yasto ris uthni
Post a Comment