Wednesday, November 01, 2006

गजल

छोयो भने

छोयो भने बात लाग्छ तिमीलाई छुनु किन
मलाई छोडी टाढा गयौ तिमी सम्झी रुनु किन
मेरो सामु नहुँदामा खुसी हुँदी रैछौ तिमी
तिमी एक्लै बाँच्छौ भने तिम्रो साथी हुनु किन
बेदना र पीर मात्रै लेख्या रैछ जीन्दगीमा
यस्ता प्यारा चिज पनि आँसु बगाई धुनु किन
रेटे पनि मेरो मुटु हाँसी खुसी छौ रे तिमी
छोडिजाने निष्ठूरीको हालखबर सुनुँ किन
अरुलाई दिनु तिमीले मायाँ जति सबै
निर्मोहीको मायाँजाल अब मैले बुनु किन

फूल जस्तै

फूल जस्तै सोच्थें तिमीलाई तर काँडा भयौ तिमी
मायाँ मैले गर्दै थिएँ तर साँडा भयौ तिमी
सबै भन्दा राम्री लाग्थ्यो त्यसैले त सम्झाउँथे
राम्री छौ के भनेको थें तर छाडा भयौ तिमी
रोग मेरो निको हुन्थ्यो तिमी आउँदा मेरो सामु
यसो उसो भन्दा भन्दै तर झाडा भयौ तिमी
मेरा आँखा वरिपरी बसाउँ जस्तो लग्थ्यो तिमीलाई
हेरी बसें तिमै बाटो तर टाढा भयौ तिमी

2 comments:

Raj Shrestha said...

Great surajji gajal ta tarif garna layak chha tapaiko keep it up

Ajaya said...

Suraj ji, it's really a nice GAJAL. I like it.