नेताको भाषण जनताको आशा…
आज महिनौ भईसक्यो यो बार्ता बार्ता भनेर चिच्याईरहेको तर कहिले बालुवाटार कहिले िसंहदरबार गरेर पनि केही लछारपाटो लगाउन सकेका होइनन् । अझ अहिले त साना भन्दा साना कुरा गरेर यसै आशाको त्यान्द्रो पनि चुँडाउने हुन् कि भनेर डर पो लाग्छ । कैँयो मानिसको ज्यान गयो सयौँ चेलीको सिउँदो पुछियो हजारौँ आमाहरुका मुटुमा कहिले निको नहुने घाउ लाग्यो । अब त केही न केही परिवर्तन होला शान्तिको सास फेर्न पाईएला भनेर नेपाली जनताहरु काकाकुलले पानीको खोजी गरे जसरी नेपाली जनताहरु शान्तिको आशामा बसिरहेका छन् ।
नेताहरु बालुवाटारमा दुईघण्टा बार्ता भनाउँदो नानाभाँतीका रमिते कुराहरु गर्छन पत्रकारहरु जम्मा पार्छन । फेरी बार्ता सकिँदा नसकिँदै सबैलाई केही न केही उद्घाटन गर्नुपर्ने तातो न छारोको सम्बोधन गर्नुपर्ने भाषणमा पुग्न हतार हुन्छ । एक घण्टा अघि एउटै टेबलमा चिया खाएर र हात मिलाएर छुटिएका साथीहरु एक ले अर्काको कुरा काट्न थाल्छन् ।
भरखरै बिबिसी नेपाली सेवा सुन्दा मलाई एउटा अचम्म लागेको कुरा के हो भने ११ जना प्रहरीहरुले बिराटनगरमा माओवादीका नाममा लुटपाट गर्ने प्रयास गरेकोले उनीहरुलाई निलम्बन गरियो रे । त्यसैगरी माओवादीले सोधपुछ गर्ने निहुँमा उपत्यकामा मात्र ७ ठाउँमा सम्पर्क कार्यालय खोली आफ्नो कारबाही (कतिलाई त कारबाही पनि भईसकेछ) सुरु गर्ने गरेको छ भन्ने कुरा पनि प्रकासमा आएको रहेछ । साँच्चै नै नेपालमा जति प्रजातन्त्र कुन देशमा होला र जसलाई जहाँ र जे गर्न मन लाग्यो तुरुन्त गरिहाल्न सक्ने वातवरण भएको छ । जतिबेला मनलाग्छ चोरी बलत्कारी कुटपिट हत्या अपहरण गर्न पाउने अनि आफ्नो इच्छा अनुरुप कारबाही गर्न सक्नु नै प्रजातन्त्रको परिभाषा होला । नेताहरु कहिले पनि भाणण गर्न छाड्ने होइननु जनताहरु आशा गर्न छाड्ने होईन । अझै कति समय यी सोझा र निमुखा नेपालीहरु भयमुक्त वातावरणमा बाँच्न पाउने आशा र शान्ति वार्ताको सफलताको लागि पर्खनुपर्ने हो………………।
1 comment:
I don't know what's going on in Nepal. What the leaders expect from the people. It seems like another tyrant is in rise. God bless Nepalese.
Post a Comment