Tuesday, April 17, 2007

HAPPY MOTHER'S DAY

मलाई जीवन दिने मेरी आमा
हाँसो खुसीमा सँगै मुस्कुराउनुहुन्छ
सानो चोट पर्नुहुन्न छाती फुटाएर रुनुहुन्छ ।
आमा हजुरले नै हाँस्न सिकाउनुभयो
हजुरले नै बाँच्न सिकाउनुभयो
जीवन के हो थाहै थिएन
यसको वास्तविक अर्थ मूल्य र मान्यता
जीवनका आरोह अवरोहमा
बिना कुनै बाधा अड्चन अगाडि बढ्न
परि आएका दुःखसँग लड्न
शत्रुको नाश एवं मित्रको सम्मान गर्न सिकाउने
हरेक प्रेरणाकी प्रतिमूर्ति मेरी माता
हजुर महान हुनुहुन्छ ।
हजुरको गर्भमा जन्म लिन पाएकोमा
म धन्य छु ।
आमा आजको बिशेष दिनमा
यहाँलाई हार्दिक मंगलमय शुभकामना ।
HAPPY MOTHER'S DAY 2064

1 comment:

Binod said...

mothers are great