Monday, April 09, 2007

होलात अब देशमा केही परिवर्तन ?

ए हो नेपालमा नयाँ सरकार बन्यो रे । माओवादी पनि सरकारमा गयो रे । ल ल बधाई छ सबै नयाँ मन्त्री मण्डललाई । जो जो मन्त्री बने पनि भन्ने कुरा एउटा र गर्ने काम अर्को यो नेपालको नानीदेखि लागेको बानी हुँदै हो तर यहाँ मलाई दुईवटा कुराको कौतुहलता एकदमै जागेको छ । त्यो के भने अब देशलाई अग्रगामी दिशातिर लाने भनेर दुनियाँका ज्यानलिनेहरुनै सत्ताका भागीदार भएका छन् । अब हेरौँ कसरी देशले आफ्ना अगाडिका पाईलाहरु फड्को मार्ने हो । सूचना र संचारका माध्यमहरुलाई मुख्य तारो बनाएर ध्वस्त पार्ने साथै एक दिनभर हिँडेर आउँदा पनि आफ्ना आफन्तहरुसँग सम्पर्क गर्न नसक्ने स्थिती बनाउने माओवादीका तर्फबाट कमरेड कृष्णबहादुर महरा सुचना तथा संचार मन्त्री भएका छन् । त्यसै गरि जुन जुन क्षेत्रलाई अर्को दशवर्ष लाग्ने गरि तहस नहस पारेका थिए उनै उनैले अहिले त्यो पदाभार सम्हाल्न पाएका रहेछन् । यहाँ अबको जरुरी कुरा के छ भने जति सजिलै यीनिहरुले यसलाई सखाप पारेका थिए त्यसको १० गुना छिटो यसको संरक्षणमा र पुनर्निमाणमा काम गरे भने केही होला नत्र मन्त्री बन्नकै लागि त यसरी देशमा रगतको खोलो बगाउनु पर्ने जरुरी नै थिएन । देशका जनता सोझा छँदैथिए जसरी पनि झुक्याएर हुन सकिहाल्थे नि ।
अनि अर्को सबैभन्दा महत्वपूर्ण कुरा के भने माओवादी र सरकार दुबै पक्षले अन्तरिम सरकार बनेपछि माडी र गौर घटनाका दोषीहरुलाई कारबाही गर्ने भन्ने कुरापनि अब गफै त होईन होला । त्यो जीउ नै काम्ने नरसंहारको यहाँ वयान गरिरहनु पर्ने जरुरी छैन । अब हेरौँ यो कुराको छानबिनमा यस सरकारले कतिसम्म आफ्नो ध्यान पुर्याउँदो रहेछ । बार्ह वर्ष कुकुरको पुच्छर ढुंग्रोमा राखेपनि उस्तै भनेजस्तो नहोस् । प्रचण्डको भुकाई, माधवेको खोकाई, शेरेको भनाई, गिरिजाको सोचाईले देशलाई के गर्ने हो । माओवादीको १२ वर्षसम्मको ज्यानमारा राजनीति, सरकारको देश/अर्थतन्त्र डुबाउने राजनीति, देशको घुसतन्त्र अबको सरकारले छानबिन गरि काम गर्छ भन्ने आशामा छन् साराका सारा नेपालीहरु ।

No comments: