नेपाली हुलाकको मनपरी
नेपालको नचाहिने राजनीति बहस र लुछाचुँडीले व्याप्त पार्दा पार्दै आज देशमा हुने सम्पूर्ण कामकारबाहीहरु त्यतिकै ठप्प छन् देशमा पेट्रोलियम पदार्थको अभाव खाद्य समग्रीको महँगी आदि कुराको त झन बयान गरेर साध्यै छैन । यो सबैकुराहरु देशमा काम चोर प्रवृति भएका कर्मचारीहरु कमजोर प्रशासनिक व्यवस्था गैर जिम्मेवारीपूर्ण सोचले गर्दा भएको हो । मैले माथि यी सबैकुराहरुको बारेमा भन्न खोजेको कुरालाई एउटै अर्थमा भन्नुपर्दा यहाँ कसैले पनि आफ्नो जीम्मेवारी देखाएको देखिएन । अब कुरा गरौँ एउटा जिम्मेवार पूर्ण संस्था जसले संसारभरका मानिसहरुलाई सुचना संचार आदान प्रदान गर्ने जस्तो अनि नै संवेदनशील बिषयको ठेक्का लिएको छ । त्यो हो गोश्वारा हुलाक कार्यालय अर्थात (General Post Office or GPO) । संसारले जति सुकै दु्रत गतिमा आफ्ना सेवाहरु प्रदान गर्न सके पनि यो गोश्वारा हुलाक को चोर कृयाकलाप भने कहिले गएन बा । पठाएका चिठीपत्रहरु बाटो मै हराउँछन अर्थात सम्बन्धित व्यक्तिको हातमा कमै मात्रामा पुग्छ । त्यसमाथि बिदेशबाट राम्रा खाममा हालेर अलि बाक्लो गरि पठायो भने हुलाकको कर्मचारीले बाटो मै गायव बनाउँछ । के यही हो त जनतालाई सुविधा दिने नाउँमा खोलीएको पाटी ? आफ्नो लाग्दो र नियमानुसार रकम असुलि सकेपछि त सेवा पनि त दिन सक्नु पर्ने हो नि । काठमाण्डौको काठमाण्डौमा चिठी पठायो भने पनि कम्तीमा १० दिन लाग्छ त्यसमा पनि धेरैजसो चिठीपत्रहरु बाटोमै अपहरण हुन्छन् । यो मेरो आफ्नै घटना हो यहाँ बाट कति पत्रहरु पठाएँ । एकै समयमा पठाएका पत्रहरु कोही सम्बन्धीत मानिसका हातमा पुग्ने कोही नपुग्ने यो पनि कहीँ हुन्छ होला त फेरी नेपालको मुख्य कार्यालय सुन्धारामा नै गएर पत्र प्रेषित गरे पनि कहिले सम्बन्धित मानिसका हातमा पुग्न सकेको देखिएको छैन यदि त्यस्तो छ भने कैयौँ जनताहरुसँग त्यस्ता पिडादायी सम्झनाहरु छँदैछन् । अति महत्वपूर्ण खबर नै यसरी बेखबर हुँदा हामी सर्वसाधारण यीनिहरुबाट अब के कुराको आश राख्ने ? देशमा बेरोजगारीको संख्या दिनानुदिन बढ्दो छ तर मै हुँ भनेर सरकारको रकम खाएर भुँडी फुलाउने हरुचाहीँ आफ्ना जिम्मेवारीहरुलाई बिसे्रर अरुलाई सास्ती दिईरहेका छन् यसको खोजी अब यहाँ कसले गर्ने । कार्यालयको वेबसाईट भने अति नै आर्कषक देखाउन खोजिएको रहेछ तर काम भने उनीहरुका मनोमानी पूर्वक छन् । कहिले होला सबैजनाको ध्यान यतातिर पनि गएर यी जीम्मेवार विहीनहरुलाई अलिकति दायित्वबोधको ज्ञान दिलाउने ।
1 comment:
Gaddar, lajko kunai sima chhaina, why do want to make my blood boil???
Don't dare to show your'Dog' like face, i have no interest to see like this supreme thinker.
u just made me ful of ....forget it.....nonsense.
I hate one in the world, that is u....don't forget it.
Post a Comment