Sunday, January 28, 2007

पाप धुरीबाट कराउँछ भनेको यही हो


माल्दाईले त सजायँ पाए पाए उनका कुकृत्यको कारणले तर उनका पिता पुर्खा ले पनि आफ्ना सन्ततिको नियति भोग्दैछन् भन्नेकुरा यो तस्वीरले मलाई स्पष्ट पारेको छ र राष्ट्रिय एकता दिवसका दिन सँधै फूलमालाले िसंगारीने यो सालिकलाई यसरी कात्रो बेरेको देख्दा म पहिला त तीन छक परेँ फेरी मनमनै सोचेँ कि यो केही होईन सोझा सिधा का आँसुले सराप दिएको कारणले यस्तो नियति भोग्नु परेको हो भन्ने । िसंहदरवार अगाडिको यो सालिक देख्ने जो कोहीले पनि यो सालिकलाई हेर्नासाथ अनुमान गर्न सक्छन कि आफ्ना सन्तानले गरेका पापका परिमाण यसरी उदायका छन् कि मानौँ यो माथिका अग्रजका छातीमा पनि बाण बनेर बजि्ररहेका छन् । मैले भरखर मात्र कृष्ण अबिरलको रक्त कुण्ड नामका पुस्तक पढेर सकेँ । मलाई लाग्यो नेपालमा राज्य संचालन गर्नेहरुका दैनिकी र जीवनस्तर धेरै माथि उठेको रहेछ र नेपाललाई मेरो देश भन्नेहरुले जसरी मुनि अब कैयौँ वर्षसम्म पनि माथि आउन नसक्ने तरिकाले दबाएर दरबारमा आफ्नो राम राज्य संचालन गरेका रहेछन् त्यो एक किसीमले अत्यन्तै पिडादायी छ ।
नेपालका जनशक्तिहरुलाई उचित तरिकाले परिचालन गर्न नसक्नु पनि नेपाली जनतामाथि राजकाज गर्ने भेडाहरुको मुर्खता हो । उनीहरुले एकदिन अवश्य पछताउनु पर्ने सोझासिधाका छातीमा लात हान्नुको मुर्खता । सत्ता शासन र सुन्दरीमा झुम्नेहरुले देशको लागि सोचेको भए अवश्य पनि यत्रो बैदेशिका सहायता पाउँदा केही न केही देशको लागि सोच्नुपर्ने थियो । एउटा बिकासक्षेत्रमा एकपटकको बैदेशिक सहयोगले विकास गर्नेसोच राखेर विकास गर्न मात्र पाए अवश्य पनि ५ वर्षमा एक एक विकासक्षेत्रको विकासमा सहभागी भएर काम गरेमा अति नै राम्रो हुने थियो तर इतिहास जित्नेहरुको घोडा भनिन्छ त्यही भएर पनि होला उनीहरुका कुराहरु जति बढाई चढाई गरे पनि नेपालको इतिहासमा केही भएको देखिन्न । जो माथि पुग्छ उनीहरुका गुनगान गाउने नेपाली प्रथाले गर्दा पनि यस्तो स्वर्ग जस्तो देशको मुहारमा कालो पोतिएको छ ।
अहिले तराई कै सन्र्दभमा कुरा गर्ने हो भने १२ वर्षसम्म माओवादीले चकाएको जनहत्या भन्दा कही कम छैन । आफ्नो मनखुसी देशका लाखौँ करोडौँ सम्पतिहरुको नोक्सान भईरहेछ । सात दल आठ दल भनौँदाहरु तमासा हेरिरहेछन् । आफ्ना व्यक्तिगत रिसीइबी साँझ्नलाई मानिसहरु बदलाको भावनाले अभिपे्ररित भएको देखिन्छ । देशको एक प्रान्तमा यस्तो बवण्डर मच्चिदासम्म साम्य पार्न नसक्ने देशका दिग्गजहरुको दिमाग खोई ?? वार्ता र सम्झौतबाट समाधान गर्छु भन्ने यीनिहरुको आश्वासनको अब कल्पना नगरेपनि भयो । यीनिहरुको गफ र झुठो आश्वासनले हामीलाई लाज लागिरहेछ । कतै क्रनै दिन ज्ञान्दाईका सन्तानलाई जस्तै यो देश हाँक्छु भन्नेहुरुका सन्तालाई पनि यस्तै खालको कात्रो ओडाउनु पर्ने होईन ?????????

1 comment:

suman said...

पाप धुरीबाट कराउँछ भनेको यही त हो नि श्री पशुपति नाथ ले त सभै देखि राख्नु भको छ नि त्यसइले आब केही हुन्छ कि ?