कसले गर्ला यी नेपाल बन्द गर्नेहरुको बन्द
देशलाई दश बर्ष भित्र अर्को रुप दिने राजनीति गर्नेहरुले यस्ता दश वर्ष थप्दै लगेर कति दशक गजार्ने हुन । अरु देशमा मुखले भन्दा कामले विकास गर्छन तर यहाँ जनतालाई बिभिन्न नाम दिएर उठाएको पैसाले रासन खाए अनि फोकटको भाषण गरे बास् भईगयो । देशमा विद्यार्थीहरुको दोश्रो त्रैमासिक परिक्षा शुरु हुने अघिल्लो दिनबाट सम्पूर्ण देशभरि तनाव भईरहँदा पनि यसको समाधान भोलि गर्ने भनेर िसंहदरबारमा घुसर्िनेहरुलाई अलिकति भए पनि लाज लाग्नुपर्ने हो । साँच्चै भैरव अर्यालले यीनै नेताहरुको चरित्रलाई चित्रण गरेर लेख्नुभएको रहेछ जय भोलि भन्ने पाठ कुनै एकठाउँमा आगो लाग्यो रे भन्दा ल तिमी जाउ भोलि दमकल पठाईदिउँदा भने जस्तै । जसलाई जे गर्न मन लाग्छ सोही गर्ने मान्छेलाई एउटा भुसुनो भन्दा पनि तल्लो तहमा राखेर शासन गर्नेहरुका मस्तिकमा यस्ता कुराहरुको चेतना कहिले आउनु अनि घरको हाँस मर्यो भने पनि देशै बन्द गर्नुपर्ने जनताहरुले कहिले बिकासको आश राख्नु र । यी यस्तै छ यहाँको चलन । अब कसले गर्ला यी नेपाल बन्द गर्नेहरुको बन्द गर्न ।
3 comments:
सहयत्रि जि नेपल बन्द चक्क जम त नेपल को फशैन नै भै सक्यो नि येस्तो बन्ध हरु लै सजिलै बन्ध गर्न सक्ने भये किन भैरब आर्यल ले आत्महत्य गर्थे होलन र होइन र .यह निर ओचनै पर्च्ह .
gajab chha sahayatri ji anyway
i am so sorry that i am unable to visit you at nepal
kahile tapailai namilne kahile malai anyway hamro sath ta chadai cha ni kaso
nepal basai kasto rahyo
बन्द नगरुन्जेल आवाज नसुन्या जस्तो गर्ने चलन पनि यसका लागी जिम्मेवार छ। बन्द गर्नु भनेको
आफ्नो साँगठानिक प्रभाव देखाउने कुराको पर्यायवाची भैसकेको छ। यदि जनताका आवाजलाई बेलैमा सुन्ने, र सो उपर आवश्यक कदम चाल्ने परिपाटी भएको भए बन्दको आयोजकहरुलाई अवश्य पनि लाज लाग्ने थियो। तर, अहिले स्थिति कस्तो छ भने जस्ले प्रभावकारी ढँगबाट सर्वसाधारणलाई अत्यन्त दु:ख, कष्ट पुग्ने गरि बन्द गर्न
सक्दैनन, तिनिहरु असफल साबित हुन्छन। राजनैतिक पार्टि देखि पेशागत सँगठनसम्ममा यो कुरा लागु हुन्छ। ठीक छ, बन्द गर्नेले आफ्नो अधिकार त प्रयोग गरे, तर टायर बाल्ने देखी लिएर एम्बुलेन्स जस्ता आपात्कालीन वाहनमा पनि बन्देज लगाउने कामले भने अरु जनताको अधिकारमा दखल पुर्याएको छ। बन्द गर्नेले यस सँबन्धमा परिपक्वता नदेखाए पनि सरकारले भने केही गर्नु पर्छ।
सुरेस
Post a Comment