यस्तै भयो प्रचन्डजीको दिल्लीमा स्वागत
प्रचन्डजीलाई भारतले कार्यक्रममा भाग लिन निमन्त्रणा गर्यो तर उसले आफ्नो केही उत्साह देखाएन । साँची भारतलाई थाहा थिएन कि क्या हो प्रचन्ड अहिलेका नेपालका हिरो हुन् भन्ने । देशमा शान्ति र अमन चैन कायम गर्ने नेपाललाई स्वीजरल्याण्ड बनाउने सपना बोकेर १२ बर्षको भुमिगत जीवनबाट जनतासामु आएका प्रचन्डको यो निमन्त्रणा सहित गएको पहिलो भ्रमण थियो तर कास्टिगं नै झुर भयो भन्या । उनका कार्यकर्ता पत्रकारलाई घचेटेर दशगजा पर पुर्याउन सफल भए । पत्रकारले सोधेको उत्तर भोलि दिने बाचाका साथ सँगै उनी पन्छिन खोजे भने पनि सुनियो । सँगै गएका राजदुत शिवशंकर मुखर्जी भने ४५ मिनेटमा बिशिष्ट कक्षमा पुग्ने तर निमन्त्रणा सहित गएका उनी किन सवा घण्टासम्म अल्झिएका हुन् बिशिष्ठ कक्षमा पुग्न । के भारतले यस्तो पनि गर्ने हो भन्या मलाई त चित्त बुझेन बा । निमन्त्रणा गर्ने अनि कुनै चासो नराख्ने के यो पनि भारतको सिद्धान्त हो जेहोस् प्रचन्डजी पनि राजनीति गर्न खप्पीस नै छन् । जसरी भए पनि उनी उनको कार्यक्रममा पुग्न सफल भए होलान् र आफ्ना राजनीतिक आरोह र अवरोहका कुरा गर्न सफल भए होलान् भन्ने कुरामा हामी विश्वस्त छौँ । तर उनले अँगालेको राजनीति मुलधारलाई भारतले हेला गरेर हो वा उनको अर्थ नबुझेर हो कुनै पनि ब्यक्ति उनलाई स्वागतार्थ नआएको भन्ने कुराले भने अलि चित्त बुझेन । मलाई लाग्यो जहाँका राजनीतिज्ञ पनि जीम्मेवारी बिहीन छन् । कुरा अनुसार काम गर्ने होइनन् । अब हाम्रा प्रचन्डजीले के के भने र उनको यात्रा कस्तो भयो भनेर चाही उनका वाणीले बताउलान् । सुनौँ न उनको गफ पनि ।
3 comments:
gajab huna thalyo yaar prachanda ko craze ta
ke ho Suraj ji aajkaal ta jasko blog ma here pani prachanda kai charcha yaar. hehe.
Suraj jee,
Prachanda le ramrai swagat paayeko chha Bharat maa.
Herdai, jaaun unhaale uthayeka kurama Bharatiya Mitra harule kasto sahayog garchhan.
SBS
Post a Comment