Saturday, November 18, 2006

यही होला अख्तियारको कारवाही !!!


हा ! हा !! हा !!! यही होला अख्तियार दुरुपयोग अनुसन्धानको कारवाही । देशमा कही काम गर्ने ठाउँ नभेटेर यही एउटा अख्तियारको नाउँमा खोलेको टहरोले केही पनि लाछारपाटो लाएन बा । अख्तियार कै मान्छे भ्रष्टचारी भए पछि के को गर्नु अख्तियारले कारवाही । कति घुस दिए होलान् मन्त्री भनौँदा देश माराहरुले अनि त सफाई पाई हाले नि । यो लागू नै गर्न नसक्ने कानून किन बनाएर जनतालाई झुक्याईरहेका नि फेरी । उहिले यत्रो त्यत्रो घुस खाएको भनेर मध्यरातमा छापा मार्ने अहिले यो मान्छे सज्जन हो भनेर छोड्ने यो कस्तो खालको आयोग हो ? देशमा आयोग बनेको पनि पैसा कमाउने भाँडो भएको छ । यदि यो कुरा साँचो थियो भने बिना प्रमाण किन समायौ अनि अहिले किन लुसुक्क छोड्छौ ए दलालहरु हो । ए, तिम्रा आफ्ना छोराछोरी भिडाएर नातो गाँस्यो होला त्यसैले छोडेका । हुनत देशले पाएको त्यत्रो बैदेशिक सहयोगको त बिना कुनै लेखाजोखा नराखी कुम्ल्याउन सक्ने यीनिहरु जाबो दुई करोड घुस खाएको के वास्ता भनेर छाडेका होलान् नि । देशको ऋण भने सबै जनतालाई आमाको गर्भमा आउन नपाउँदै परेर आएको छ तर धनी हुने यीनै देशमाराहरु । गाउँमा पाडो चडेर हिँड्नेहरु अहिले फेरी फेरी प्राडो चढ्ने भए । अब कुन दिन चिरन्जीबि वाग्लेको पालो परेको होला सफाई पाउन । आफू पदमा हुँदा आफ्नो कुकुरलाई त body guard (अगं रक्षक) राखेर पैसा तह लगाउनेहरुलाई देशको विकास र जनता भोकभोकै मरेको के चिन्ता । पहिला पहिला त यो अख्तियारले राम्रै गर्न लाग्यो क्यारे भन्ने आशा जागेर उसका नाउँमा एउटा गजल भने पनि लेखिएको थियो अब त यसको अर्थै रहेन भन्या तैपनि यहाँ राखिदिएको छु ।

भ्रष्ट गरि नेताहरुले यहाँ नोट तापेपिछ
थाहा पाए होलान् बल्ल खबर बढाई छापेपिछ
खानु खाए मौका हुँदा अरु उनलाई के को वास्ता
म त अब ढुक्क भएँ भनि पद हापेपिछ
जाडो गर्मी थाहै छैन सँधैभरि न्यानै न्यानो
बार्है महिना बार्हैकाल मलमल सिरक खापेपिछ
गरीबलाई रुवाई रुवाई सधै माथि चढे यीिन
देखे होलान् बाहुको बिहे अख्तियारले समातेसी

यस्ता कुनै जीम्मेवारी बिनाका मानिस देशमा भएपछि कहिले हुनु देशको विकास । भैगो यीनिहरुको नाम सुन्यो कि दिमागले केही सोच्न सक्दैन भोलि परिक्षा भएकोले यीनिहरुको कुकृत्यमा नअल्झिउ कि जस्तो लाग्यो । हामीले जति कराए पनि केही हुने होईन के गर्नु यो सतीले सरापेको देश राम्रो गर्नेको कहिले भलो हुँदैन जे छ यीनै भ्रष्टचारीको छ ।
Photo source: Kantipuronline.com

3 comments:

परिवर्तन said...

This is really saddening. Suraj Jee, please concentrate on your studies. These corrupt rascals are capable of buying everything.

SBS

मार्कोनी अधिकारी said...

Chor daku ta anta pani hunchan
Tara hami teo deska manche haou
Jaha chor ka sardar samsad
Ane daku ko sardar mantri huncha
Ane
Hami haru chai
Chor ko ram rajya ma
Chor kai vasan sunera
Afu lutida pani tali pitchau

Abata jhan,
Uni haru lai
Uni haru kai
Pasagat nam le
Chor, Daku bhanera
sambodhan garnu hunna sathi haru,
Ulto
Aadalat le hami lai thuncha

Ajaya said...

Aba kun din ' Mr. Sovraj" le pani sasamman rihai hune mauka pauchha.

herdai janus suraj ji.