Sunday, November 12, 2006

गिरिजाको चाहना र माओवादी राजनीति

"त्यही त मलाई पनि अचम्म लाग्छ यी सबैकुरा मै प्रधानमन्त्री भएको बेलामा मात्र सबैकुरा हुन्छ । त्यत्रो बाढीले गाउँ िसंगै बगायो फेरी के जाति कता यो डिँगो कि के िसंगो भन्ने रोग पनि आएको छ रे" यस्तै सुस्केरा हाल्दै गिरिजाजी ले बिबिसी नेपालीसेवामा भनेका थिए । त्यो त हामी सबैले देखे भोगेकै कुरा हो तर मलाई के कुरा मन पर्यो भने उनले आफ्ना कमजोरीहरु यी हुन म देशमा प्रधानमन्त्री हुँदा यस्तो हुन्छ भनेर साँचो बताए त्यही बेला मलाई जय गिरिजा भन्न मन लग्यो र मनमनै भनेँ पनि । यी प्राकृतिक भौतिक क्षतिको लेखाजोखा राखेर त के पत्ता तर पनि अहिले उनी प्रधानमन्त्री हुँदा एउटा ऐतिहासिक उपलब्धि नेपाललाई भएको छ नेपालीहरुले बिजय उत्सव मनाउन पाएका छन् । बल्ल भने मन्त्रीजीको १६ कक्षा पढेको योग्यताको कदर गर्न सुहाउछ कि जस्तो भएको छ । तर अझै पनि समस्याको समाधान भने हुने छाँट भने देखिएको छैन । एउटाले अर्काको बारेमा कुरा काट्ने र खुट््टा तान्ने प्रबृति अझै हावी भएका कुराहरु धेरै सुन्नमा आएको छ । जस्तो केपी ओलीले माधव नेपालको कुरा काट्यो रे माधवले रामचन्द्रको आदिआदि । यस्तै खिचातानी भईरहने भने हो भने त नेपालको राजनीति समस्या समाधान हुनुको सट्टा झन् उग्र रुप लिने कुरा निश्चित छ । जंगलमा राजनीति गर्नेहरुले पनि कम्ता मोज गर्न पाएका छैनन् यतिबेला । राजनीतिका नाममा अबोध बालबालिकाहरुलाई प्रयोग गर्दै आएकाहरु झन् अहिले खुलम्खुल्ला पढाई नै बिगारेर जबरजस्ती बिना उदेश्यको भाषण सुन्न कानमा माईक घुसारिँदैछ । हुँदैन र सक्दिन भन्दा पनि आफूलाई जे मन लाग्गो जसरी मन लाग्यो उसरी राजनीति गर्दै आएकाहरु अब चाहीँ आफूले गरेका त्यस्ता दुष्प्रयासहरुको अन्त्य गर्ने हो कि ।
गिरिजाको मर्ने बेलासम्म पनि एउटै चाहना थियो माओवादी सँगको वार्ता सफल होस् भन्ने । उनको कुरा कागजमा पूर्ण भयो तर व्यवहारमा भने उनको कसरी काम गरि यी १२ वर्षसम्म बिग्रीएको जनतालाई घरीघरी धोका दिएको र अनाहकमा ज्यान गुमाउनु परेको व्यथाहरु हलुका पार्न सक्ने हुन् त्यो भने हेर्न हामी सबै लालाहित छौँ ।

3 comments:

परिवर्तन said...

Sahayatri jee,
Great write up. Girija inititally made contributions in turning multiparty democracy a failure and later he is giving his best to make it successful. As you have said, written things need to be tranlated into concrete reality.

Pasa! Please keep it up.

SBS

Ajaya said...

Great Write Up ! If the "Sahamati" is only in paper, we have thousands of pages of paper, we need soem concrete thing in coming days.

Raj Shrestha said...

suraj jee,
nice topics keep it up!!!