तस्करलाई प्रोत्साहन गैँडालाई सास्ती
नेपालमा जुन तन्त्र आए पनि चोरी डकैती लुटपाट भने कहिले पनि नसुधि्रने भयो । एउटा देशमा दुई सरकारले हालीमुहाली गर्दा पनि शान्ति र अमन चैन छैन बरु झन् झन देशको अवस्था नाजुक बन्दो छ । केही महिना अघिमात्र चितवनमा गैँडा प्रकरणमा केहीलाई सामएको जस्तो गरियो अनि बिभिन्न ढाकछोप गरि अपराधीलाई हौसला प्रदान गरी फेरी फेरी पनि यस्तै काम गरिरहनु है भनेर आर्शिवाद सहित स-सम्मान रिहा गरिएको नतिजा अहिले फेरी बिश्वमै दुर्लभ मानिएका गैँडाहरु मार्नेहरु सकि्रए भईरहेका रहेछन् । १६ महिनामा २४ गैँडाहरु मारिनु सामान्य कुरा होईन । माथिको तस्बीर हेर्नुस (साभारः इनेपाल न्यूज) जसमा आक्रमणकारीहरुको असफल प्रयासबाट बाँच्न सफल एउटा गैँडा देख्न सक्नुहुन्छ । लोकतन्त्रले दिएको खुशीयालीको पिडा यी अभागी गैँडाहरुको खप्परमा बजि्रएको देखिन्छ । हामी नेपालीहरु किन बुझ्न सक्दैनौ कि दुर्लभ जीवको संरक्षण गर्नु हामी सबैको दायित्व भनौँ वा कर्तव्य हो । आंैलामा गन्न भ्याउने जीवहरुको संरक्षण गर्नुको सट्टा यसलाई मेटाउन खोज्ने तस्करहरुलाई झन् प्रोत्साहित गरि बिभिन्न बहानामा छोडिएको देखिन्छ । यस्ता अमानवीय घटनाहरुको श्रृखंला कहिले निर्मुल हुने हो त्यो हामी सबैको चासोको विषय बनेको छ ।
2 comments:
yestai ho suraj ji, nepal ko kaatha. pasi hune le, sakti hune le raj garya chhan, chahe tyo taskar hos ya hatyaara.
yastai ho suraj ji jatti jogi aaye pani kanai chireka
Post a Comment