नेपाली गीतहरु
यति धेरै
यति धेरै भिडमा पनि आफ्नो भन्ने कोही छैन
पि्रयसीको याद केवल तर मिठो साथ छैन ।
सुन्थ्यो जसले मेरो कथा उही देखि टाढा आँए
हृदयको चोट निको हुन्थ्यो उसको साथ पाए
बरको साथ पीपल भए चौतारीको शोभा बेग्लै
कसरी पो हिँड्नु यहाँ जीन्दगीको यात्रा एक्लै
एक्लो यात्रा कठीन रैछ बल्ल आज थाहा भयो
हिड्न खोज्दा बाटो पनि कता कता हराईदियो
क्षितिज देख्दा उराठ लाग्छ हेर्न छोडिसकें मैले
सोचाई छ मात्र एउटै मिलन हाम्रो होला कैले
2 comments:
hi nice to meet you
suraj ji bhet bhayo hola ni yaila now enjoy very much
Post a Comment