Wednesday, September 26, 2007

कपिलवस्तुको गाउ“ अझै सन्त्रासमा

खिम घले, माधव ढुंगाना र निशा विश्वकर्म

कृष्णनगर -कपिलवस्तु, असोज ७ - नौ दिनअघिको तोडफोड, आगजनी र लुटपाटपछिका त्रास जिल्लाको प्रमुख व्यापारिक नाका कृष्णनगरमा अझै कायम छ । जलेका सवारीसाधन सडकमा यत्रतत्र छन् । लुटिएका, जलाइएका र तोडफोड गरिएका पसलहरू त्यस दिन भएको बितण्डाको साक्षीका रूपमा त्यसै छन् ।
सुरक्षास्थितिमा आएको क्रमिक सुधारको संकेतको रूपमा जिल्ला प्रशासनले कफर््यु समयावधि छोट्याएर केही खुकुलो पारेको छ । हरेक सोमबार लाग्ने हाट लाग्न सकेको छैन । सडकमा सवारी गुडेको छैन । केही साना पसल खुले पनि पसलेको आ“खामा त्रास कायमै छ ।

अघिल्लो आइतबार मोहम्मद मोहित खा“को अज्ञात समूहले हत्या गरेपछि कपिलवस्तुको विभिन्न क्षेत्रमा एकैपटक हिंसा भड्किएको थियो । त्यही क्रममा कृष्णनगरमा मानवीय क्षति नभए पनि सबैभन्दा बढी धन-सम्पत्तिको नष्ट भयो । व्यापारिक केन्द्र भएकाले लुटिएको सम्पत्तिको अझै यकिन हुन

सकेको छैन ।

घटनापछिको नवौं दिनमा बल्ल केही अधिकारकर्मी र सञ्चारकर्मी पहिलोपटक कृष्णनगर पुगेका हुन् । यसअघि अधिकारकर्मी र सञ्चारकर्मीहरूले समेत कृष्णनगर पुग्ने आ“ट गरेका थिएनन् । राजमार्गको चन्द्रौटा क्षेत्रबाट उनीहरू र्फकने गरेका थिए ।

सोमबार प्रहरीले कृष्णनगरमा लुटपाट, आगजनी र तोडफोड भएपछि विस्थापित भएका केही व्यापारीलाई चन्द्रौटास्थित सशस्त्र प्रहरी बलको ब्यारेकबाट आफ्ना क्षति भएका स्थलहरूको भ्रमणका लागि ल्याएको थियो । एक दर्जन जति व्यापारीहरूले आफ्ना जलाइएका, तोडफोड भएका र लुटिएका घर पसलहरूको निरीक्षण गरेर सा“झ पुनः चन्द्रौटा फर्किएका छन् ।

उनीहरू कृष्णनगर पुग्दा त्यही“ भएका अरू व्यापारीहरू हात मिलाएको, क्षति भएकोमा दुःख व्यक्त गर्दै र्फकन अनुरोध गरेको दृश्य देखिन्थ्यो । 'अब विस्तारै स्थिति सुध्रि“दै गएको छ, तपाईंहरू आउनुस् मिलेर बसौं,' कृष्णनगर उद्योग वाणिज्य संघका महासचिव घनश्याद दास गुप्ताले भने- 'नहुनु भइहाल्यो, कसैले पनि रोक्न सकेनौं ।'

'त्यो दिनलाई कसरी सम्झौं, बा“चिन्न भन्ने लागिसकेको थियो, सयौं मान्छेहरू घरेलुदेखि आधुनिक हतियार लिएर सडकमा आइसकेका थिए' सोनी म्युजिक सेन्टरका देवेन्द्र कु“वरले भने- 'पसल बन्द गरेर भाग्नुको कुनै विकल्प थिएन ।'

प्रहरीका अनुसार फेन्सी पसल-७, सुनचा“दी पसल-२, होटल ३२, पानको टंकी-५, चियापसल-२, कम्प्युटर इन्स्िटच्युट-१, रेस्टुरेन्ट-१ गरी ५० घर पसल तोडफोड आगजनी तथा लुटपाटमा परेका छन् । त्यसैगरेर कृष्णनगरमा मात्र बस-११, ट्रक-१ र माइक्रोबस-२ वटा जलाइएका छन् । दुइटा बस र एउटा कारलाई पनि तोडफोड गरिएको छ ।

कृष्णनगर भन्सारको गोदाम पर्ूण्ा जलेको छ । त्यहा“का २५ कर्मचारीमध्ये दर्ुइ पियन मात्र कार्यालयमा छन् । पियन गंगाप्रसाद यादवको स्वर अझै का“प्दैछ, उनी बोल्न डराइरहेका छन् । 'म गोदाममैं थिए“, हूलका हूल मान्छे आए,' उनले भने- 'मैले लगाएको एकसरो कपडा छाडेर अरू सबै जलाए ।'

Source: kantipuronline.com

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.