Sunday, February 25, 2007

राजनीति राजनीति अनि फेरी राजनीति… के हो यो फोहोरी खेल…?

देशको बाहुनबाद, माओवाद, सामन्तवाद, राजावाद यस्ता धेरै वादहरुको बिचमा संसारभर कुन्नी के जाति गर्नेलाई भन्दा हेर्नेलाई लाग भनेजस्तो प्रजातन्त्र लोकतन्त्रका नामको संज्ञा पाएको मनपरीतन्त्रले देशलाई अझै कुन हालतमा पुर्याउने हो भन्ने कुरा हामी जो कोहीले पनि सहजै अनुमान गर्न सक्ने स्थिती देखिएको छ । समस्याको समाधान खोज्नुको सट्टा यसलाई झन् झन् जटिल स्थितीमा पुर्याएर कहिले पो राम्रो काम हुने भन्ने कुरा सोच्न पनि सक्ने समय देखिएको छैन । १२ वर्षसम्म देशले कैयौ सर्वसाधारणको आलो रगतमा पौडी खेल्नु पर्यो आखिरमा बन्दुक र धम्की अनि जनतालाई तसा्रएर राजनीतिले निकास पाउन सक्ने रहेनछ भनेर माओवादी नामको वाद आफैले घुँडा टेक्नु पर्यो । त्यसैगरी जनताको प्रतक्ष्य शाषनलाई हत्याएर दरबारमा महँगा ह्वीस्कीको चुस्की लगाएर हजारौँ जनता पीडामा पनि ठीक छ ठिक छ भन्दै औँला बटार्दै हिँड्ने को गुनगानको पनि आखिर अन्त्य भएरै छोड्यो । यसरी एक पछि अर्को बिकराल स्थितीलाई चिर्दै आएका नेपाली जनताहरुका दिमागमा अझै पनि देश प्रतिको आफ्नो दायित्वबोध नभएको देख्नु अति नै दुखदायी छ ।
कसैले केही बोल्यो कि आन्दोलन, एउटै घरका मान्छेको हजारौँ विचार, बेग्लै राजनीति गर्ने मनस्थिती, मै खाउँ मैँ लाउँ सुख सयल म गरुँ अरु सारा मरिजाउन दुर्जनहरु भन्ने जस्तो एकलकाँटे सोचका कारण आज नेपाल जस्तो शन्तिको देशले आफ्नो अस्मिता गुमाएको हेरिरहन सक्ने हामी नेपालीहरु पनि कम्ती स्वर्थी भएनौँ । कुनै पनि समस्याको समाधान गरेर देशमा बिकास गर्नुको सट्टा भएको राष्ट्रिय सम्पतिलाई पनि पिगं खेल्ने लिगों सम्झेर मच्चिरहेछन । संसारका मानिसहरु भोलि आउने समस्यालाई आजै समाधान गर्नतिर सोच्छन् र त्यो समस्या जनमानसमा नआईकन नै समाधान हुन्छ तर हाम्रो देशमा भने समस्याहरु खोजी खोजी ल्याएर सारा सोझासिदा जनताका थाप्लामा बजारिदिएका छन् । जताततै बन्द, लुटपाट, भोकमरी, बेरोजगारी, महँगी छ भन्ने जान्दा जान्दै पनि त्यही भुमरीबाट निस्कने प्रयास नगर्नु कति मुर्खता पूर्ण सोच होला देशमा बेअर्थको राजनीति गर्नेहरुका पछि लाग्ने बेरोजगार युवाहरुको हालत । के यस्तै बिभिन्न राजनीति पार्टी कार्यालय संघ संस्था आदि खोलेरै देशको अर्थिक सामाजिक स्थिती समाधान होला त ..???? के नेपालको बिराटनगरमा आन्दोलन गर्दा हुम्ला जुम्लाका मानिसहरुको भोकमरीको समस्या समाधान होला त... ?? काठमाण्डौको खुलामाचको भाषण सुनेर र रत्नपार्कमा बदामा खाएर चौरमा सुतेर मेलम्चीको पानी भनेर काकाकुल झै मुखबाएर बस्ने काठमाण्डौ बासीका मुखमा स्वच्छ पानी पर्ला त...... ??
साँडे दुई करोड भन्दा पनि बढी जनसंख्या भएको मुलुमा बेरोजगारको संख्या यकिन गर्ने नै हो भने पचास हजार भन्दा कम छैन । देशले बिभिन्न नियम कानून नामका फोश्रा कागजमा समय खेर फाल्नु भन्दा देशमा भएका सबै युवा जनशक्तिलाई न्यूनतम खाने बस्ने बन्दोबस्त गरेर भए पनि विकास मुलक काममा अग्रसर गराएको भए न त सडकमा ढुगां हान्ने समय नै मिल्थ्यो न त देश नै आफै भित्र भएको स्रोतलाई पोल्टामा हालेर भोकै बस्न बाध्य हुने थियो । राजनीति राजनीति अनि फेरी राजनीति… के हो यो फोहोरी खेल…? हामी सबैलाई राम्रोसँग थाहा छ यो कुशलता बिनाको र सही निर्णय बिनाको एक शब्दको राजनीतिले केही लछारपाटो लाउँदैन भन्ने तर पनि अझै हामी त्यसैको पछि किन आफ्नो ज्यान दिएर लागेका हौँला एकपटक सबैले सोच्ने हो कि । पक्कै पनि आफ्नो घरको चुलोमा आफैले आगो फुकेमा मात्र आफुले मन लागेको पकाएर खान पाइन्छ, अरुले गरिदेला र खाउँला भन्नु त आकाशको फल आँखा तरी मर भन्ने उखानको बास्तविकता नै हो ।
हामी सारा नेपाली हरुको अनुरोध हामी सबै नेपालीहरुमा छ देशलाई उँभो वा उँधो कुन गतिमा लाने भन्ने कुरा हामी सबैले अवश्य सोच्नुपर्छ । देश बनाउने भन्ने कुरा हाम्रो आफ्ै सोच र व्यवहारमा छ । त्यसैले यी बिभिन्न नाम दिएर आफ्नो स्वार्थ पुरा गर्न र आफ्ना सन्तान दर सन्तानहरुका दशौँ पुस्ताहरुलाई पुग्ने सम्पति थुपार्नेहरुका कुराका पछि नलागी देशमा अलिअलि भएको सम्पतिको पनि बिनाश गर्न पटी नलागौ । धु्रवसत्य कुरा के छ भने कोही मानिस निदाएको छ भने उसालई उठाउन सजिलो हुन्छ तर निदाएको जस्तो बहाना गर्नेलाई उठाउन धेरै गार्हो छ । यो हाम्रो देशमा राजनीति गर्नेहरु सबै दोश्रो बर्गका हुन जे देशमा यत्रो बबण्डर मच्चिदा सम्म पनि कानमा तेल हालेर सोझा जनतालाई बिभिन्न खालका नाम दिएर आन्दोलनमा प्रोत्साहन दिने र आफूचाही भित्र भित्र दुई नम्बरी गरिरहने देखि होशीयार । आजै देखि बन्द जुलुस र बिरोध जस्ता शब्दहरुको नाम समेत त्यागेर एकपटक सबैले सोच्ने पो हो कि ।

2 comments:

Ajaya said...

Nepal ta baad nai baad ko desh ho Suraj ji. euta baad sakiyela tara arko baad suru hunchha.....

suman said...

yo badai bad le ta nasakine bho ba ,..hoina ta suraj ji..