फेरी अर्को विवेकको हत्या
कोटेश्वका ८ वर्षिय बालक विवेक लुँइटेलको हत्या भएको खबर सेलाउन नपाउँदै फेरी पनि अर्का धेरै विवेकहरुको हत्या भएको समाचारले एकदम स्तब्ध बनाएको छ । निर्दोष बालक विवेकको हत्यामा संलग्न हत्याराहरुलाई कहाँ र कुन हदसम्मको कारबाही भईरहेको छ भन्ने कुरा अहिले कसैलाई पनि थाहा छैन । नेपालमा मानिस मार्नु र मर्नु भनेको एउटा कमिलो मर्नु भन्दा पनि सामान्य कुरा भईसक्यो । बालक विवेकको हत्याकी मुख्य नायिका पटेनी लामा अहिले कुनचाहीँ पुलिस अफिसरको ओछ्यान तातो पारेर सुतिरहेकी छिन् त्यो उनैलाई थाहा होला । यसले हत्या गरेको हो भन्ने सम्पूर्ण प्रमाणहरु जुटाउदा समेत घटनालाई अझै रहस्यमय बनाई ढाकछोप गर्न प्रहरी प्रशासनले कम्ती भूमिका खेलेको थिएन । महँगा रक्सी र बिभिन्न परिकारमा प्रशासनका जिम्मेवार व्यक्तिहरुलाई भुलाएर आफ्नो सानो स्वार्थका लागि मानिसको ज्यान नै लिन पछि नपर्ने हत्याराहरुलाई किन प्रोत्साहन ? आफ्नो पदिय जिम्मेवारी र मानवीय दायित्व के हो भन्ने कुरा अलिकति पनि महसुस गर्न नसक्नेहरु किन देशको ढुकुटी रित्याएर बसिरहेका छन् ? आखिर यीनिहरु पनि त जनताले नै पालेका त हुन् । जनताको सेवा गर्न बसेकाबाट जनताकै कुभलो हुने काम हुन्छ भने देशको विकास कुन तन्त्रले अगाडि बढाउन सक्ला ।
पोखरामा दुईजना दाजु बहिनीलाई भिरबाट खसालेर हत्या गरियो (बहिनी भने भेटिन सफल भईन तर अझै उनको स्थिती कस्तो छ भनेर कसैलाई थाहा छैन भने दाईको लास सम्म पनि भेटिएको होईन) । सुन्दा पनि जीउ नै काँप्ने यस्ता खालका अपराध गर्नेहरुलाई उचित दण्ड र सजाय दिलाउन नसक्दा दिनानुदिन यस्ता श्रृखंलाहरु दोहोरिरहेकाछन् । आज फेरी त्यसतै भवानीयापुर ७ बाँकेका ९ वर्षिय बालक सद्याम साही कार्तिक १२ गते छिमेकीको अपहरणमा थिए तर उनलाई हिजो गाउँकै राकेशकुमार साहीको बगैँचामा मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको छ । उनकै छिमेकी अर्बेन्दकुरमा बर्माले अपहरण गरेकै रात हत्या गरेको स्वीकार गरेका थिए भन्ने पनि उल्लेख गरिएको छ । निर्दोष बालक बिनाकारण अपहरण गर्ने र फिरौती रकम मागी हत्यालाई चरम बिन्दुमा पुर्याउनेलाई किन प्रशासनले उचित कारबाही गर्न नसकेको हो यो भने अति नै रहस्यमय बनेको छ । अझै पनि आफ्नो उचित संयन्त्र लगाई अपराधीलाई उचित कारवाही नगर्ने हो भने देशले अझै कति निर्दोष बालबालिकालाई गुमाउनु पर्ने हो यो एकदमै चिन्ताको विषय बनेको छ । हामीले कहिले देख्न पाउने होला पटेनी लामा अर्बेन्दकुमार बर्मा पप्पु मण्डल आदि जस्ता कुख्यात अपराधीहरुलाई प्रशासनले सजाय गरेको ?
1 comment:
bujhna garo chaa yaha ko ghatna pheri kina dohorincha
Post a Comment