खै के भन्नु
खै के भन्नु कसरी पो बस्छौ होला
बिरानो मुलुकमा अरुको देशमा
नबुझिने भाषा र नसुहाउने शैली हेरी
अनि आफै भित्रको त्यो हृदय
कोमलातालाई कसरी बिसर्िएको हौला
गाउँ घर उकाली ओरालीको याद
सँगैको बरपीपलको चौतारीको हावा
स्वच्छन्द मुस्कान छरेर मुस्कुराउने
ती निर्दोष बालापनका साथी सँगी
साथै भरखर उमेरले प्रेमको अर्थ
बुझ्ने बेला भेट भएकी सानीलाई
उसलाई मायाँजालमा पार्न बोलेका
ती क्षणिक बाचाहरु
तिमी यस्ती राम्री उस्ती हिस्सी परेकी
तिम्रो यो राम्रो त्यो राम्रो अनि बोली त……
आखिर जे भनेपनि
जति बाचा गरेपनि
बिसर्िहाल्यौ त तिमीले
आज पनि आफ्नो यौवनावस्थाको वास्ता नगरी
तिम्रो झुठो बाचा सम्झी बसिरहेछिन् सानी
साँच्चै तिमीलाई त पत्र लेख्ने फुस्रद समेत हुँदैन रे
कुन्नी के हो कम्प्यूटरको जमानामा छौ रे
त्यसैसँग खान्छौ खेल्छौ र सुत्छौ रे पनि
एक दिन तिमीले बुझाएको भए
ती अवोध तिम्री मायालुलाई
तिनले पनि बुझ्ििथन् कि कम्प्यूटरको भाषा
जेहोस उनी त कुटो कोदालो र हँसियामा
आफ्ना औँलाहरु खियाउँदैछिन्
तिमीसँगै जीवन बिताउने कल्पनाको महल बनाई
आफ्नै यौवनलाई सिँगारेर बसिरहेकी छिन्
तर तिमी भने आफ्नै बाआमालाई पनि नसम्झी
एक्काईस्ााँै शताब्दीको महापुरुष कहलिन्छौ रे
अनि त्यही गाउँले जीवन सम्झी
मुख बांगो पार्दै ए त्यस्तो पनि गाउँ हुन्छ र
भन्दै अश्लील हाँसो हाँस्न खोज्छौ रे
त्यसैले म भन्छु
एक पटक सुँघि हेर त तिम्रा हातहरु
जहाँ गाउँले माटोको सुवास आईरहेछ
एक पटक बन्द गर त तिम्रा आँखाहरु
कसरी गाउँको श्रब्य दृष्य देख्ने छौ
छामी हेर त तिम्रो छाती
देश प्रति कति गौरवान्वित छौ
बस्
यदि तिम्रो स्मृतिपटलमा सबैकुरा याद आएको भए
ढिलै भए पनि देशलाई माया ममता गर्छौ भन्ने बुझिन्छ
साथै अबश्य पनि ती प्रेम वियोगमा
तड्पीरहेकी तिम्री नवयौवना पि्रयसीलाई
प्रेमको माला पहिर्याउने छौ
कारण
तिमीमा नेपालीपन नेपालीमनको आवास आएको छ
आफ्ना पिता पुर्खाले श्रृजना गरेका
ती अलौकिक वस्तुहरुमा तिम्रो पिन
हाम्रो जस्तै जीम्मेवारी छ
त्यसैले आउ फर्केर स्वदेशमा
यसमै मुठी रोपी मुरी फलाऔँ
2 comments:
ramro kabita chha suraj ji. Keep it up
giri ji jhakkas chha lekhdaihjanus
keep it up
Post a Comment